ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष


एबीसी न्यूज
चैत्र १, २०८२ आईतबार  ७ : ०८ बजे

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षमा मनोनीत गरेकी छन्। कोषकी संरक्षकको हैसियतमा प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि यो पदमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।

यसअघि ऐनबहादुर शाहीले राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो। श्रेष्ठ सिन्धुलीका हुन् र लामो समयदेखि अदालतमा कार्यरत रहेका व्यक्ति हुन्। उनी यसअघि प्रधानमन्त्री सचिवालयमा आफ्नी पत्नी संगीता श्रेष्ठलाई नियुक्त गरेको भन्दै विवादमा परेका थिए। विवादपछि उनलाई सचिवालयबाट हटाइएको थियो।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय समाचार समिति (रासस) सँगको अन्तर्वार्तामा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नो जीवनमा बिर्सन नसकिने गुन लगाएको बताएकी थिइन्। उनले खुलेरै श्रेष्ठको प्रशंसा गरेकी थिइन्।

“रावल जी पत्रकार मात्र होइनन्, उहाँमा इमानदारी र मानिसलाई सहयोग गरूँ भन्ने भावना छ। प्रमुख स्वकीय सचिव श्रेष्ठ अदालतका कर्मचारी हुन्। अदालतमा काम गर्ने प्रविधि र कानुनमा राम्रो ज्ञान भएको कानुनकै विद्यार्थी पनि हुन्। धेरै प्रधानन्यायाधीशको निजी सहायकका रूपमा काम गरेको व्यक्ति हुन्। म प्रधानन्यायाधीश हुँदा पनि निजी सहायक नै थिए। सचिवालयमा २०/२५ जनाले गर्ने काम यिनीहरूले गरे,” उनले भनेकी थिइन्।

प्रधानमन्त्री कार्कीले श्रेष्ठ लामो समय अदालतमा काम गरेको, आइटी र कानुनमा राम्रो दख्खल भएको बताइन्। “धेरै प्रधानन्यायाधीशको सचिवालयमा निजी सहायक भएर सबैको विश्वास जितेर काम गरेको हो। यो उमेरमा मलाई सफल पार्न ७५ प्रतिशत आदर्शको हात छ। उसैको देनका कारण सम्भव भयो। प्रधानमन्त्रीको स्वकीय सचिवालयमा पहिला ४०–५० जना कर्मचारी हुन्थे। म सबैलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु,” उनले थपिन्।

यसैबीच, मन्त्रिपरिषद्को आजकै बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

यो नियुक्तिले प्रधानमन्त्री कार्कीको सचिवालय र निकट सहयोगीहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ, जसले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मात्रिकाको सांसद पद कायम

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com