ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि–बालेनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टेलिफोन वार्ता


एबीसी न्यूज
फाल्गुन २६, २०८२ मंगलबार  ४ : ५७ बजे

काठमाडौं, —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लामिछानेको विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखनीय सफलताप्रति बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले लामिछाने र शाहसँग छुट्टा–छुट्टै टेलिफोन संवाद गरेका थिए। वार्ताका क्रममा उनले दुवै नेतालाई निर्वाचन सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका थिए।

मोदीले भारत र नेपालबीचको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक समृद्धि, प्रगति र दुवै देशका नागरिकको हितका लागि सहकार्य जारी रहने बताएका छन्। साथै आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

रास्वपाको ऐतिहासिक सफलता

यस वर्ष फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ मात्रै १२५ सिट जितेको छ। समानुपातिकतर्फको मतगणनामा पनि रास्वपा अग्रस्थानमा रहेको बताइएको छ।

दुवै प्रणालीको सिट जोड्दा रास्वपा एक्लैले दुई तिहाइ सिट नजिक पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

रास्वपाले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने सम्भावना देखिएपछि भारतीय प्रधानमन्त्री मोदीले पार्टी नेतृत्वसँग संवाद गरेको जनाइएको छ।

यसअघि पनि मोदीले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा नेपाल सरकारलाई बधाई दिएका थिए भने भारतको विदेश मन्त्रालयले पनि आगामी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

#RSP

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा जग्गाको रैकर प्रथा कसरी शुरु हुँदै आयो?

नेपालमा जग्गाको निजी स्वामित्वको कसरी शुरु भयो ?

सम्बन्धित

अञ्जन श्रेष्ठको हातमा महासंघको बागडोर: ‘स्वत: अध्यक्ष’ बन्ने विधानको अन्तिम अध्याय

काठमाडौँमा ५ हजार व्यक्तिद्वारा १८०० रोपनी सरकारी जग्गा कब्जा: रावल आयोगको सनसनीपूर्ण खुलासा !

‘बालेन–डोजर अभियान’को आधार मानिएको रावल आयोग के हो ?(विस्तृत एक्प्लेनर)

अमेरिकी डलर १५२ रुपैयाँ माथि, महँगीमा थप दबाब, अर्थतन्त्रमा मिश्रित असर

अध्यादेश र समसामयिक मुद्दामा संसद् तातिने संकेत

कल्याणकारी योजनाले मात्र चुनाव जितिँदैन — यो त एउटा आधार मात्र हो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com