काठमाडौं, — प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणनासँगै नेपाली कांग्रेसले जितेको सिट संख्या १४ पुगेको छ।
पछिल्लो मतपरिणामअनुसार पाँचथर निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरूङ १७ हजार २३३ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शर्माले १४ हजार ७३४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अइन्द्र सुन्दर नेम्वाङले १४ हजार ५३४ मत पाएका छन्।
कांग्रेसले जितेका १४ निर्वाचन क्षेत्र
हालसम्म कांग्रेसले निम्न १४ क्षेत्रमा जित हासिल गरेको छः
- सन्तोष सुब्बा — तेह्रथुम–१
- टेकबहादुर गुरुङ — मनाङ–१
- योगेश गौचन थकाली — मुस्ताङ–१
- सन्दीप राना — पाल्पा–१
- अभिषेक प्रताप शाह — कपिलवस्तु–३
- जयपति रोकाया — हुम्ला–१
- खडकबहादुर बुढा — जाजरकोट–१
- बासना थापा — दैलेख–१
- विष्णुबहादुर खड्का — सुर्खेत–१
- भरतकुमार स्वार — अछाम–१
- भरतबहादुर खड्का — डोटी–१
- मोहन आचार्य — रसुवा
- मोहमद फिर्दोस आलम — रौतहट–२
- नरेन्द्रकुमार केरूङ — पाँचथर
मतगणना जारी रहेकाले अन्य क्षेत्रको नतिजा आउने क्रम जारी छ।








प्रतिक्रिया दिनुहोस्