सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ अग्रस्थानमा रहेका छन्।
हालसम्म ३२ हजार ७५३ मत गणना हुँदा ३१ हजार २६३ मत सदर भएको छ भने १ हजार ४९० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
हालको परिणाम अनुसार माटो (हर्क साम्पाङ) ले १४ हजार ५१२ मत प्राप्त गरेका छन्। घण्टी (रास्वपा) ले ९ हजार ४६१ मत प्राप्त गरेको छ।
त्यसैगरी तारा चुनाव चिन्हले २ हजार ३१९ मत पाएको छ भने सूर्य (एमाले) र रुख (नेपाली कांग्रेस) ले समान २ हजार १३१ मत प्राप्त गरेका छन्। हलो चिन्हले ५९९ मत पाउँदा चिम चिन्हले २४४ मत प्राप्त गरेको छ।
हाल साम्पाङ र निकटतम प्रतिस्पर्धीबीच ५ हजार ५१ मतान्तर रहेको छ।








प्रतिक्रिया दिनुहोस्