काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दिपकराज बोहरा निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता एनपी साउदलाई २३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।
साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार वचनबहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तिर्थराज चटौतले १ हजार ९९३ मत पाएका छन् भने नागरिक उन्मुक्ति पार्टी, नेपालकी प्रेमवती रानाले ५६० मत प्राप्त गरेकी छन्।








प्रतिक्रिया दिनुहोस्