काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार शाहले २३ हजार ५३५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार वीरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन्।








प्रतिक्रिया दिनुहोस्