काठमाडौं, १६ फागुन । यही फागुन १८ गतेदेखि मतदानको दिन ९२१ गते०सम्म रात्रिकालीन व्यवसाय बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसायमा रोक लगाएको हो ।
कार्यालयले जारी गरेको सूचना अनुसार राति ९ बजेपछि कुनै पनि व्यवसाय सञ्चालन गर्न पाइने छैन । ‘अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र तत् पश्चात सम्पूर्ण व्यवसायीहरु बन्द गर्न/गराउनुहुन सम्बन्धित सरोकारवालाहरुको जाननकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।







प्रतिक्रिया दिनुहोस्