काठमाडौं, १० फागुन । काठमाडौंको पेप्सीकोला छाप्रो चोक नजिकै बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेल रहेकी छन् ।जडीबुटीबाट पेप्सीकोला चोकतर्फ आउँदै गरेको बा.४ ख ५७५४ नम्बरको बसबाट शनिबार दिउँसो उनी खसेकी थिइन् ।उनको अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्