ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप: यूएईलाई हराउँदै अफगानिस्तानको पहिलो जीत


एबीसी न्यूज
फाल्गुन ४, २०८२ सोमबार  ५ : १६ बजे

काठमाडौं, फागुन ४ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ ।

भारतको दिल्लीमा रहेको अरुण जेटली स्टेडियममा यूएईले दिएको १ सय ६१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । अफगानिस्तानका इब्राहिम जद्रानले ५३, अज्मतुल्लाह ओमरजाईले नटआउट ४० रन बनाए । यूएईका जुनैद सिद्दिकी र मुहम्मद अरफानले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन बनायो । यूएईका सोहेब खानले ६८ रन बनाए । अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले ४ विकेट लिए ।

योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हात पारेको छ । अफगानिस्तान ३ खेलमा २ अङ्कसहित समूह ‘डी’ को तेस्रो स्थानमा छ । यूएई ३ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा चौथो स्थानमा छ ।

टी–२० विश्वकपमा अहिले इङ्ग्ल्यान्ड र इटालीबीचको खेल चलिरहेको छ । यस्तै आज बेलुकी सवा ७ बजे अस्ट्रेलिया र श्रीलङ्का खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com