ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित


एबीसी न्यूज
माघ २८, २०८२ बुधबार  ४ : ३१ बजे

काठमाडौं : टी–२० विश्वकप अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दुई सुपर ओभरपछि हराएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अफगानिस्तानले दिएको १८८ रनको लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाले १८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

पहिलो सुपर ओभरमा अफगानिस्तानले १८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले १७ रन मात्र बनाएपछि खेल दोस्रो सुपर ओभरमा पुग्यो । दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २४ रनको लक्ष्य दिएको थियो । डेभिड मिलरले ४ बलमा १६ र ट्रिस्टन स्टब्सले २ बलमा ७ रन जोडे ।

२४ रनको लक्ष्य पछ्याउँदा अफगानिस्तानका रहमानुल्लाह गुरबाजले लगातार तीन छक्का प्रहार गर्दै खेल फर्काएका थिए । अन्तिम बलमा ६ रन आवश्यक थियो । केशव महाराजले वाइड दिएपछि ५ रन बाँकी रह्यो । अन्तिम बलमा गुरबाजलाई महाराजले आउट पार्दै दक्षिण अफ्रिकालाई रोमाञ्चक जित दिलाए ।

मुख्य प्रदर्शन

  • अफगानिस्तानको ब्याटिङ : रहमानुल्लाह गुरबाजले ४२ बलमा ८४ रन (७ छक्का, ४ चौका) को विष्फोटक पारी खेले । अजमतुल्लाह ओमरजाई २२, राशिद खान २०, नुर अहमद १५ र इब्राहिम जद्रान १२ रनमा रोकिए ।
  • दक्षिण अफ्रिकाको बलिङ : लुंगी एनगिडी ३ विकेट, मार्को यानसन, कागिसो रबाडा, जर्ज लिन्डे र केशव महाराजले १–१ विकेट लिए ।
  • दक्षिण अफ्रिकाको ब्याटिङ : क्वीन्टन डि कक ४१ बलमा ५९, रायन रिकल्टन २८ बलमा ६१, डेवाल्ड ब्रेभिस २३, डेभिड मिलर २० र मार्को यानसन १६ रन ।
  • अफगानिस्तानको बलिङ : अजमतुल्लाह ओमरजाई ३ विकेट, राशिद खान २ विकेट, फजलहक फारुकी १ विकेट ।

अफगानिस्तानका फजलहक फारुकी १९.४ ओभरमा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । कागिसो रबाडाले अन्तिम ओभरमा दुई नोबल गरे पनि अफगानिस्तानले त्यसको फाइदा उठाउन सकेन ।

यो जितपछि दक्षिण अफ्रिकाले समूह चरणमा बलियो सुरुवात गरेको छ । अघिल्लो खेलमा अफगानिस्तान न्यूजिल्यान्डसँग ५ विकेटले पराजित भएको थियो भने दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com