ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकप : ओमानलाई ८ विकेटले हराउँदै जिम्बावेको विजयी शुरुआत


एबीसी न्यूज
माघ २६, २०८२ सोमबार  ७ : ३६ बजे

काठमाडौं, २६ माघ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बावेले ओमानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा आज भएको खेलमा जिम्बावेले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय ४ रनको लक्ष्य जिम्बावेले १३ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायो । जिम्बावेका ब्रायन बेनेटले नटआउट ४८ रन बनाए । ओमानका सुफयान महमूदले २ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३ रन बनायो । ओमानका विनायक शुक्लाले २८ रन बनाए । जिम्बावेका रिचर्ड नागराभा, आशीर्वाद मुजरबानी र ब्राड इभान्सले ३र३ विकेट लिए । यो जीतसँगै जिम्बावेले समूह ‘बी’ मा २ अङ्क जोडेको छ ।प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

चुनाव हार्नुको कारण एमाले नेता, न्यौपाने

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com