ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग


एबीसी न्यूज

 

काठमाडौँ, २४ चैत ।  टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै भन्नुभयो, “विसं २०७२ भदौ ७ गतेको घटनाका बारेमा सबैले आवाज उठाउँछन् तर भदौ ८ गतेको बारेमा कोही बोल्दैनन्, ८ गते कफ््र्यु लागेको थियो, प्रहरीकै आडमा छानीछानी थारुका घरमा आगो लगाइयो, लुटपाट गरियो, सम्पत्ति जफत गरियो, थारु चेलीबेटी र श्रीमतीमाथि बदनियतपूर्ण व्यवहार गरियो, यस्तो स्थितिमा पनि मानवअधिकारवादी बोलेनन्, आजको दिनसम्म पनि बोलेका छैनन् ।”

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले टीकापुर घटनाका बारेमा सरकारबाट आधिकारिक धारणा सार्वजनिक नगरिनु दुःखद भएको बताउनुभयो । संघले कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्नुपर्ने, घटनाका आरोपितमाथिको मुद्दा फिर्ता गरी क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भदौ ८ को दिन तोडफोड र जलाइएका सम्पत्तिको क्षतिपूर्ति प्रदान गर्नुपर्नेलगायत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com