ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार   ७ : १३   बजे

 

काठमाडौँ, २४ चैत ।  टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै भन्नुभयो, “विसं २०७२ भदौ ७ गतेको घटनाका बारेमा सबैले आवाज उठाउँछन् तर भदौ ८ गतेको बारेमा कोही बोल्दैनन्, ८ गते कफ््र्यु लागेको थियो, प्रहरीकै आडमा छानीछानी थारुका घरमा आगो लगाइयो, लुटपाट गरियो, सम्पत्ति जफत गरियो, थारु चेलीबेटी र श्रीमतीमाथि बदनियतपूर्ण व्यवहार गरियो, यस्तो स्थितिमा पनि मानवअधिकारवादी बोलेनन्, आजको दिनसम्म पनि बोलेका छैनन् ।”

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले टीकापुर घटनाका बारेमा सरकारबाट आधिकारिक धारणा सार्वजनिक नगरिनु दुःखद भएको बताउनुभयो । संघले कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्नुपर्ने, घटनाका आरोपितमाथिको मुद्दा फिर्ता गरी क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भदौ ८ को दिन तोडफोड र जलाइएका सम्पत्तिको क्षतिपूर्ति प्रदान गर्नुपर्नेलगायत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group