काठमान्डौ माघ १६
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।
भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु, ‘ उनले भने, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अहिले एक ढिक्का छौँ ।
धनुषा ४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैली विरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बदलियर आएको पनि बताए ।
‘फागुन २१ को निर्वाचन योजनावद्ध होइन अकस्मात हो । फागुन २३ र २४ को घटना पनि अकस्मात हो । देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो। अरु बदलिए बदलिएनन तर हामी बदलिएर आएका छौं । हामी हाम्रो पार्टी बदलियो अब देश बदल्ने जिम्मा पनि हामीहरु माथि भएकोले हामी एक ढिक्का भएर आएकाछौ यसको लागि हामी निरन्तर सम्वादमा छौ उनले बताए ।








प्रतिक्रिया दिनुहोस्