ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा बुधबार पानी पर्ने, कर्णाली र सुदूरपश्चिम आज वर्षा र हिमपात


एबीसी न्यूज
माघ १२, २०८२ सोमबार  ८ : १४ बजे

काठमाडौँ, १२ माघ । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा मध्यान्नसम्म हुस्सु र कुहिरो रहनेछ । देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन गरिएको छ । राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने विभागको भनाइ छ ।

भोलि (मंगलबार) दिउँसो र राति नै केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । दिउँसो कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागलगायत लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

भोलि राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको विभागको भनाइ छ ।बुधबार दिउँसो भने काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारी बताउँछन् ।

“यसअघिको प्रणाली गण्डकीबाट अगाडि बढ्न सकेन । यो प्रणाली भने केही ठूलो रहेकाले कोसी प्रदेशसम्मै पुग्छ,” उनले भने, “बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा हुने सम्भावना छ ।”

बुधबार रातिबाट काठमाडौंबाट यो प्रणाली मधेस हुँदै कोसी प्रदेशतर्फ जानेछ । “मधेसका केही भूभागमा हल्का वर्षा हुनेछ । कोसी प्रदेशमा पनि वर्षा हुनेछ,” मौसमविद् अधिकारी भन्छन्, “बुधबार रातिबाातट नै कमजोर हुने यो प्रणाली बिहीबार नेपालबाट बाहिरिनेछ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

सम्बन्धित

नेपालगञ्जमा ५ जना बालेन समर्थक घाइते

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ–२ : भीड धेरै, तर जितको लडाइँ सीमित हातमा

राष्ट्रिय झन्डाको गरिमा कायम राख्न सबैलाई गृह मन्त्रालयको आग्रह

कर्णालीबाट राष्ट्रिय सभामा कांग्रेसका शाही र एमालेका रखाल विजयी

रवि लामिछानेविरुद्ध मुद्दा दायरपछि भेटिएका थप प्रमाण झिकाउन सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com