काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशसभाका १०० मध्ये ९९ जना सदस्यले मतदान गरेका छन् । मधेशको २ सय ६४ पालिका प्रतिनिधिमध्ये २४२ पालिका प्रतिनिधि मेयर–उपमेयर र अध्यक्ष–उपाध्यक्ष ले मतदान गरेका हुन् ।बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सम्म चलेको थियो । निर्वाचन अधिकृत शुभाषबाबु पुरीका मतदान सम्पन्न भएर मतगणनाको तयारी गरिएको छ ।
मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान भएको छ । मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीनजनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो । नेपाली कम्युनिष्ट पार्टीले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो ।
जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन। मधेस प्रदेशमा अन्य, महिला, दलित र अपांगता,अल्पसंख्यक समूहमा निर्वाचन भएको हो।अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार हुनुहुन्छ। उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ । यस्तै,महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह,नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्। दलित समूहमा जसपा नेपालकी चमेली देवी दास,नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार हुनुहुन्छ ।








प्रतिक्रिया दिनुहोस्