काठमाडौं माघ ९। २५औं सशस्त्र प्रहरी दिवस २०८२ रजत महोत्सव को अवसरमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार सह प्रबक्ता तथा डीएसपी शैलेन्द्र थापालाई प्रदान गरिएको छ ।
सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन् ।
यसअघि उनलाई २०७७ सालमा २०औं सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धीत उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो । २१औ सशस्त्र प्रहरी दिवसमा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरे बापत र २४औं सशस्त्र प्रहरी दिवस एपीएफ आईजीपी कमेन्डेशन प्रदान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्