ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारी फिर्ताबारे बाबुराम भट्टराई पार्टीभित्र गम्भीर छलफलमा


एबीसी न्यूज
माघ ९, २०८२ शुक्रबार   १ : १०   बजे

काठमाडौं, ९ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिने विषयमा पार्टीभित्र आन्तरिक छलफल सुरु गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिएका हुन्। यसअघि निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीको निर्णयअनुसार उम्मेदवार बनाइएको थियो। तर सो क्षेत्रमा विभिन्न दलबाट उम्मेदवारी दिएका युवा उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्न थालेका हुन्।

पार्टी स्रोतका अनुसार, भट्टराईसँग युवाहरूले निर्वाचन प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अभिभावकको भूमिकामा रहन आग्रह गरेका छन्। ‘डा. साहबलाई चुनाव लड्नु भन्दा मार्गदर्शक र अभिभावकको भूमिका निर्वाह गर्न उपयुक्त हुने धारणा राखिएको छ,’ स्रोतले भन्यो।

आज उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद रहेकाले यस विषयमा अन्तिम निर्णय आजै हुने सम्भावना रहेको छ। पार्टीभित्र व्यापक छलफल भइरहेकाले भट्टराईको निर्णयले गोरखा–२ को चुनावी समीकरणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

डा. भट्टराईको अन्तिम निर्णयसँगै गोरखा–२ को निर्वाचन प्रतिस्पर्धा थप स्पष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group