काठमान्डौ माघ ९,
पूर्वप्रधानमन्त्री डाबाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ मा आफूलाई सघाउन नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवारलाई आग्रह गरेका छन्।
गोरखा २ बाट उम्मेदवार बनेका नेकपाका नेता लेखनाथ न्यौपानेलाई शुक्रबार बिहान फोन गरेर भट्टराईले निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका हुन्। पूर्व माओवादी नेता भट्टराई यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार छन्।
आफु उमेद्वार बन्नुअघिनै बाबुरामसंग सल्लाह गरेको र उहांको मनस्थिति बिचार गरेको न्यौपानेको भनाई छ।
‘मैले उहाँलाई भेटेरै तपाईँको स्थिति के हो भन्नुस्, तपाईँ फेरि पनि अघि बढ्ने हो भने मैले के गर्ने धारणा बनाउँछु। तपाईँ अघि नबढ्ने हो भने म अघि बढ्छु भनेर मैले जानकारी गराएको थिएँ,’ न्यौपानेले भने, ‘तर उहाँले त्यतिबेला म सँग अब म होइन, अब युवा पुस्तालाई मेरो समर्थन रहन्छ, तपाईँ अघि बढ्नुस्, क्षमता पनि छ, अबसर पनि पाउनु भएको छैन भनेपछि म यता तयारीमा लागेको हुँ। पार्टीले टिकट पनि दियो, मनोनयन भयो। प्रक्रिया अघि बढिसकेको अवस्थामा अब उहाँले मलाई सघाउनूस् भन्न मिल्दैन।’
बाबुरामले भनेर मात्र अब सघाउने वा नसघाउने भन्ने अवस्था नहुने बताउदै। ‘निर्वाचनको प्रक्रिया निकै अघि बढिसकेको र आफुले मात्र भनेर नहुने उनले बताए। ’
०७९ सालमा भट्टराईले प्रचण्डलाई सघाएका थिए। त्यसअघि २०६४, २०७९ र २०७४ सालको निर्वाचनमा भट्टराई सोही क्षेत्रबाट विजयी भएका थिए।
राम्रो प्रभाव भएको सो क्षेत्रबाट नेकपाले यसपटक अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ।








प्रतिक्रिया दिनुहोस्