ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूपन्देही–२ : राप्रपा उम्मेदवार कार्भिकाले उम्मेदवारी फिर्ता गरिन्


एबीसी न्यूज
माघ ९, २०८२ शुक्रबार   १२ : ५०   बजे

बुटवल, माघ ९ – रूपन्देही क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कार्भिका थापा ले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता गरेकी छन्।

थापाले आफ्नो निर्णयको कारण सार्वजनिक गर्दै लेखेकी छन्,
“तपाईंहरूलाई थाहै छ, म विगत १४ वर्षदेखि विदेशमा शिक्षा अध्ययन र सीप आर्जन गर्दै आएको छु। पछिल्ला ८ वर्षदेखि नेपालमै फर्केर त्यही सीप प्रयोग गर्दै काम गर्ने अवसर पाएकी छु। युवाहरू विदेश जान बाध्य नहून्, राष्ट्रमै बसेर देश सेवा गर्न सकिन्छ भन्ने सोचका साथ मैले यो उम्मेदवारी दिएको थिएँ।

अध्ययनको क्रममा प्राप्त स्थायी आवास अनुमति पत्र (ग्रीन कार्ड) परित्याग गरेपछि उम्मेदवारी दिन सकिन्छ भन्ने मेरो बुझाइ थियो। आजको दिनसम्म मैले कुनै अन्य देशको नागरिकता वा राहदानी लिएकी छैन। तर पछि नेपालको संविधानको धारा २९१ अनुसार, कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी पाएँ। संविधानको सम्मान गर्नु हाम्रो सबैको कर्तव्य हो भन्ने निष्कर्षमा पुगेकी छु।”

थापाले भनिन् कि उनले कुनै विरोध वा उजुरी नपरेको भए पनि, राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले सहमति र सम्मानका साथ आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेकी हुन्।

उनी भन्छिन् कि उम्मेदवारी फिर्ताले उनको सेवा भावना समाप्त गर्ने छैन। राजनीतिमा वा बाहिर रहेर पनि उनी प्रविधि, उद्यमशीलता, युवा र महिला सशक्तीकरण, साथै सुशासनका लागि काम जारी राख्नेछिन्। थापाले स्पष्ट कानुनी आधार तयार भएपछि फेरि जनता सामु उभिने तयारीमा रहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group