ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा टी–२० विश्वकप नखेल्ने बङ्गलादेशको अडान कायमै


एबीसी न्यूज
माघ ९, २०८२ शुक्रबार  ८ : १० बजे

काठमाडौं, ९ माघ । आउँदो फेब्रुअरी ७ गतेदेखि भारतमा हुने टी–२० विश्वकपमा बङ्गलादेशले आफ्ना खेलहरू श्रीलङ्कामा सार्न अडान लिएको छ । खेल्न अस्वीकार गरेमा आउँदो टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गरिने आईसीसीले बताएको छ ।

सुरक्षा चिन्ताका कारण भारतमा नखेल्ने निर्णय सरकारको भएको बङ्गलादेशका खेलकुद सल्लाहकार आसिफ नजरुलले भनेका छन् । बङ्गलादेश क्रिकेट बोर्ड ९बीसीबी०ले यस विषयमा आईसीसीसँग निरन्तर सम्पर्क गर्ने बताएको छ । ढाकामा नजरुल, बीसीबीका अध्यक्ष अमिनुल इस्लाम र सीईओ निजामुद्दीन र धेरै राष्ट्रिय टोलीका खेलाडीहरू बीचको बैठकपछि घोषणा गरिएको यो निर्णयअनुसार बङ्गलादेश विश्वकपमा सहभागी नहुन सक्छ ।

बङ्गलादेशको अडानलाई समर्थन गर्दै पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०ले पनि आईसीसीलाई पत्र लेखेको छ । बङ्गलादेश रहेको समूह ‘सी’मा नेपालसहित इङ्ल्याण्ड, इटाली र वेस्ट इन्डिज छन् । बङ्गलादेशको पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा राखिएको छ । बङ्गलादेशले प्रतियोगिताको उद्घाटको खेल वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।

बुधवार बसेको आईसीसी बोर्ड बैठकले आईसीसीले सुरक्षाको कारणले गर्दा भारतको सट्टा श्रीलङ्कामा खेल खेल्ने बङ्गलादेशको अनुरोधलाई औपचारिक रूपमा अस्वीकार गरेको थियो भने बीसीबीलाई आफ्नो सरकारसँग कुरा गर्न र फर्कन २४ घण्टाको समय दिएको थियो । अन्यथा अर्को टोलीलाई बङ्गलादेशको स्थानमा खेलाउने जानकारी गराएको थियो । उच्च वरीयताका आधारमा विश्वकपमा छनोट हुन नसकेको स्कटल्यान्डले बङ्गलादेशको स्थान लिने सम्भावना छ ।

गएको जनवरी ३ मा बीसीसीआईले कोलकाता नाइट राइडर्सलाई मुस्ताफिजुरलाई आफ्नो आईपीएल २०२६ टोलीबाट रिहा गर्न निर्देशन दिएपछि सुरक्षाको मुद्दा उडाएको थियो । यद्यपि त्यो निर्देशनको कुनै कारण बताइएको थिएन, तर यो भारत र बङ्गलादेश बीचको बिग्रँदै गएको सम्बन्धको बीचमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com