काठमाडौं, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् ।
झापामा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन । बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न समेत उनले आग्रह गरे ।
आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा शाहले के गरे भन्दै प्रश्न गरे । शाहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको उनले गुनासो गरेको बताए । उनले हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने बताए । उनले एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताए। अध्यक्ष ओलीले शासह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने जिकिर गरे । उनले सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन समेत मतदातालाई आग्रह गरे ।








प्रतिक्रिया दिनुहोस्