ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनले काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने


admin

काठमाडौं, २३ चैत । गैरआवासीय नेपाली संघ एनआरएनले आगामी असोज २६ र २७ गते काठमाडौंमा विज्ञहरुको सम्मेलन गर्ने भएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २०७५ साल असोज २६ र २७ गते विज्ञहरुको सम्मेलन आयोजना गर्ने जानकारी गराएको हो ।

नेपालको आर्थिक विकासका लागि आवश्यक छलफल हुने गरी विज्ञहरुको सम्मेलन आयोजना गर्न लागिएको संघका महासचिव डा. बद्री केसीले जानकारी दिनु भयो ।

सम्मेलनमा गैर आवासीय नेपाली विज्ञहरु, नेपालका विज्ञहरु र नेपालसँग जोडिएका विज्ञहरु सहभागी हुनेछन । त्यसैगरी संघले असोज २८ गते भने विधान सभाको पनि आयोजना गर्दैछ ।

महासचिव केसीले संघको स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनले नेपालमा थप लगानी भित्रयाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । संघले सम्मेलनका लागि नेपाल सरकारका विभिन्न निकायसँग आवश्यक परामर्श गरिएको पनि जनाएको छ ।

संघले नेपालमा गैरआवासीय नेपालीहरुको लगानीलाई अझ व्यापक र दिगो बनाउनका लागि एक सामूहिक लगानी कोष खडा गर्ने सम्बन्धमा अध्ययन गरिरहेको पनि जनाएको छ । महासचिव केसीले कोष निर्माणका लागि प्रारम्भिक अध्ययन भईरहेको र नेपाल सरकारसँग आवश्यक छलफल गरी त्यसलाई अन्तिम रुप दिइने पनि स्पष्ट पार्नु भयो ।

संघले कोषको बजेट नेपालको विकासका लागि आवश्यक आधारभूत संरचना निर्माणमा लगानी गर्ने योजना पनि अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com