ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा


एबीसी न्यूज
माघ ७, २०८२ बुधबार   ९ : २८   बजे

काठमाडौं, ७ पुस । जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि सभाको निर्वाचन यही फागुन २१ गते हुँदैछ । यो निर्वाचनको प्रत्यक्षतर्फ राजीतिक दल र स्वतन्त्र उम्मेदवारले मंगलबार देशभर मनोनयन दर्ता गराएका छन् ।०७९ सालको प्रतिनिधि सभामा निर्वाचनमा लोकप्रिय मतका साथ विजयी उम्मेदवारहरू यस पटक चुनवी प्रतिस्पर्धामा सहभागी भएका छन् ।भदौ २३–२४ को आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले भने अघिल्लो पटक लोकप्रिय मत पाएर विजयी केहीले फागुन २१ को चुनावी प्रतिस्पर्धामा उम्मेदवारका रुपमा सहभागी नहुने भएका छन् ।

लोकप्रिय मत पाउने कहाँबाट लड्दैछन् ?

रवि लामिछानेः चितवन ३ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सबैभन्दा भारी मतान्तरले विजयी भएका थिए ।

०७९ को निर्वाचनमा उनले आफ्नो निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३.४ गुणा मतले जितेका थिए ।
लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए ।

लामिछानेको नागरिकता काण्डले चितवन ३ उपनिर्वाचनमा होमियो । त्यसबेला रविले निकटतम् प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठलाई लामिछानेले ४।८३ गुणा मतान्तरले पछि पारे । दोस्रो पटकको निर्वाचनमा उनी सबैभन्दा बढी मतान्तरले संसद्मा पुगे ।

दोस्रो निर्वाचनमा लामिछाने ५४ हजार १७६ र श्रेष्ठले ११ हजार २१४ मत पाएका थिए । यसपालि पनि सभापति लामिछाने यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा जाँदैछन् ।

प्रेम सुवालः नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पनि लोकप्रिय मतले विजेता भनेका दोस्रो उम्मेदवार हुन् ।

भक्तपुर १ बाट दोस्रो बढी मत ल्याउने एमालेका नवराज गेललालाई सुवालले ३.५ गुणा बढी मतले जितेका थिए ।

भक्तपुर १ का ४२ हजार ७६१ जनताले सुवाललाई मत हाल्दा एमालेका गेलालको पक्षमा ११ हजार ९६८ मात्रै देखिए ।
भक्तपुर १ सुवाल आवद्ध नेमकिपाको गढ मानिन्छ ।

रुकुमपूर्व

गत निर्वाचनमा रुमुकपूर्वबाट तत्कालीन माओवादी (केन्द्र)का उम्मेदवार जर्नादन शर्मा भारी मतले विजयी भएका थिए ।

दोस्रो बढी मत पाउने एमालेका नन्दनराम देवकोटाको भन्दा उनी २.७ गुणाले अघि बढ्दै सांसद बने । त्यसबेला जनार्दनले ३५ हजार ५४९ र देवकोटाले १२ हजार ९६१ मत पाएका थिए ।

यसपटक यो क्षेत्रबाट तत्कालीन माओवादी अध्यक्षसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उठेका छन् ।

रुकुमपूर्व माओवादीको गढ मानिन्छ । जनार्दन अहिले रुकुमपूश्चिम सरेका छन् । रुकुम पश्चिम कर्णाली प्रदेशमा पर्छ भने रुकुमपूर्व लुम्बिनी प्रदेशमा पर्छ ।

माओवादीबाट अलग भएर जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका छन् । उनी यस पटक त्यही दलबाट चुनावी मैदानमा छन् ।

माओवादीको गढ मानिने रोल्पामा यो वर्ष पनि वर्षमान पुन चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् ।

प्रचण्ड संयोजक रहेको माओवादीले समाहित नेपाल कम्युनिस्ट पार्टीबाट उनी उम्मेदवार बनेका हुन् ।

गत पुन एमालेका पूर्णबहादुर बूढामगर भन्दा साढे दुई गुण बढी मत ल्याएर विजयी भएका थिए ।

त्यसबेला पुनले ४१ हजार ७१४ र बूढामगरले १६ हजार ४८५ मात्रै मत ल्याएका थिए ।

ललितपुर ३

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की यो पटक पनि ललितपुर ३ बाटै चुनाव लड्दैछिन् ।

अघिल्लो निर्वाचनमा उनले निकटतम् प्रतिस्पर्धी अमृता खड्को भन्दा २.४ गुण बढी मत ल्याएकी थिइन् ।

कार्कीले ३१ हजार १३६ मत ल्याउँदा खड्का १२ हजार ९६३ मै सीमित भएकी थिइन् । यस पटक कार्की यही क्षेत्रबाट दोहोरिने भएकी छन् ।

सप्तारी २

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले यस क्षेत्रमा आफ्ना निकटतम् प्रतिस्पर्धी उपेन्द्र यादवको भन्दा २ गुणा बढी मत ल्याएका थिए ।

राउतले ३५ हजार ४२ र यादवले १६ हजार ९७९ मत ल्याएका थिए । यस निर्वाचनमा उनी यही क्षेत्रबाट दोहोरिँदैछन् । उपेन्द्र भने यसपटक अर्को क्षेत्रमा गएका छन् ।

गोरखा २

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निकटतम् प्रतिस्पर्धीभन्दा दुई गुण बढी मतले विजयी भएका थिए ।

प्रचण्डले २६ हजार १०९ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १२ हजा ६३९ मत पाएका थिए ।

प्रचण्ड यो पटक रुकुम पूर्व पुगेका छन् । बुर्लाकोटी सोही क्षेत्रमा दोहोरिएका छन् ।

झापा ५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ बाटै लड्दैछन् । गत निर्वाचनमा उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसका डा। खगेन्द्र अधिकारी थिए । अधिकारीभन्दा ओलीले दुई गुणा बढी मत पाएका थिए ।

यो पटक झापामा ओलीको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग हुने देखिन्छ । बालेन्द्रलाई पार्टीले प्रधानमन्त्रीका रुपमा अघि बढाएको छ ।

आफ्ना निकटतम् प्रतिस्पर्धीलाई दुई गुणाभन्दा बढी मतले हराउने यी चर्चित नामहरु हुन् ।

सल्यानबाट नेकपाका प्रकाश ज्वाला, डडेलधुराबाट कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम), मोरङ ३ बाट कांग्रेसका सुनीलकुमार शर्मा र जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही ठूलो मतान्तरले विजयी भएका चर्चित नेता हुन् ।

यी नेताहरूले निकटतम् प्रतिस्पर्धीको १५ हजारभन्दा बढी भोट पाएका थिए । यसपाली कांग्रेसका देउवा, कान्छाराम र नेकपाका ज्वालालाई लागि पार्टीले टिकट दिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group