ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनमा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने


एबीसी न्यूज

काठमाडौं, ६ माघ । उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन् । पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरू अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम रहेको छ । आज दमक स्थित इलाका प्रहरी कार्यालयको भवनको निरीक्षण गरेर सुरु गरिने गौतमले जानकारी दिए । एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम तय गरिएको छ । आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास,नेपाली कांग्रेसको पार्टी कार्यालय, पूर्व मेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली कांग्रेस दमक नगरको कार्यालय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ । आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरू भएकोले जलाइएका अन्य संरचनाहरू अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए । गौतमका अनुसार यस क्षेत्रका अन्य पालिकाहरू कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचना पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरेर निरीक्षण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको खेल : एकल सिफारिस भएका पूर्व मुख्यमन्त्री यादव र कांग्रेस छाडेर आएका अन्सारी दुवैले गुमाए टिकट

बालेन्द्र साहले झापा ५ मा उमेद्वारी दर्ता गरे

सम्बन्धित

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

एमालेको खेल : एकल सिफारिस भएका पूर्व मुख्यमन्त्री यादव र कांग्रेस छाडेर आएका अन्सारी दुवैले गुमाए टिकट

बालेन्द्र साहले झापा ५ मा उमेद्वारी दर्ता गरे

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

देउवा पक्षको रिट न्यायाधीश पोखरेलको इजलासमा, विशेष महाधिवेशनमाथि कानुनी परीक्षा

अर्बपतिहरूको कब्जामा एआई : भ्रामक सूचना, दमन र असमानताको जालो, अब समाधान के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com