ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’


एबीसी न्यूज

काठमाडौं, १, माघ : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने भनेको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको कमिटी र नेतृत्वलाई नै हो भन्ने स्पष्ट दाबी गरेका छन्। सञ्चारकर्मीहरुसँग थापाले भने “निर्वाचन आयोगले चिन्ने, जान्ने भनेको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन गरेको नेपाली कांग्रेस पार्टी हो।”

विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको पहिलो दिनै गगन थापा पक्षले शेरबहादुर देउवा सभापति र आफू महामन्त्री रहेको पुरानो केन्द्रीय कार्यसमिति भंग भएको निवेदन औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता गराएको उनले बताए।

कारबाहीको कुनै अर्थ छैन

देउवा पक्षले गगन थापा, विश्वप्रकाश शर्मा लगायतलाई अनुशासन कारबाही गरेको घोषणा गरे पनि गगनले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरे। उनले भने, “विशेष महाधिवेशनमै केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। नभएको केन्द्रीय कार्यसमितिले हामीमाथि कारबाही गर्ने र त्यसलाई हामीले भोग्नुपर्ने हुन सक्दैन।”

छोटो समयमै निर्णय सम्भव

गगन थापाले प्रचलित कानुन, निर्वाचन तथा दलसम्बन्धी ऐन र पार्टी विधानलाई एक ठाउँमा राखेर हेर्दा निर्वाचन आयोगले निकै छोटो समयभित्रै निर्णय गर्न सक्ने विश्वास व्यक्त गरे। उनले थपे, “विशेष महाधिवेशनमा नआएकाहरूले पनि आयोगको निर्णयलाई स्वीकार गर्ने छन् र पार्टी एकढिक्का भएर अगाडि बढ्छ।”

हस्ताक्षर प्रतिस्थापनका लागि बलिया आधारहरू

निर्वाचन आयोगमा अहिले पनि शेरबहादुर देउवाको हस्ताक्षरसहितका पुराना दस्तावेजहरू रहेको सन्दर्भमा प्रश्न उठ्दा गगनले भने, “विशेष महाधिवेशन विधिसम्मत छ। आयोगले अतिरिक्त फेभर नगरीकन कानुनसम्मत रूपमा यसलाई स्वीकार गर्छ र नयाँ कमिटी अद्यावधिक गरिदिन्छ। त्यसपछि नेपाली कांग्रेस एक ठाउँमा आउँछ र ठीक ढंगले चल्छ।”

उनले दुईवटा कमिटीको अवधारणालाई अस्वीकार गर्दै भने, “एउटा अधिवेशन भइरहेको छ, अर्कोतिर पार्टीले निर्णय गर्‍यो भन्ने आधारमा दुईवटा कमिटी भएको भनिएको छ। दुईवटा त हुनै सक्दैन। कि हामी ठीक हुनुपर्‍यो, कि सानेपामा बसेर निर्णय गर्नेहरू ठीक हुनुपर्‍यो? हाम्रो दाबीभन्दा पनि विधानसम्मत भन्ने हो। महाधिवेशन नै आधिकारिक हो।”

आयोगको निर्णयप्रति पूर्ण विश्वास

गगन थापाले निर्वाचन आयोगले कानुनअनुसार निर्णय गर्ने र त्यो निर्णय आफ्नो पक्षमा आउने कुरामा पूर्ण विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो प्रस्ट बुझाइ के छ भने महाधिवेशन नै आधिकारिक हो। जसले गर्दा आफ्नो पक्षमा निर्णय आउँछ भन्ने तपाईंहरूलाई पनि विश्वास छ।”

अब आयोगले कसरी यो विवादलाई सम्बोधन गर्छ र कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने कुराले नेपाली कांग्रेसको आगामी यात्रा र आगामी निर्वाचन तयारीलाई निर्णायक रूपमा प्रभाव पार्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

सम्बन्धित

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com