काठमाडौं,३० पुस : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरिएको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत युवा नेताद्वय घिमिरे र पौडेल महामन्त्री चयन भएको जानकारी दिए।
उनका अनुसार पार्टीका अन्य पदाधिकारी टुंग्याउन सभापतिमा चयन भएका गगन थापा र पदाधिकारीका उम्मेदवारहरूबीच छलफल जारी छ।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्र उम्मेदवारी दर्तागराएका थिए। नेपाली कांग्रेसको विधानअनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा प्रदीप पौडेल सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका थिए। तर उनी त्यस महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।








प्रतिक्रिया दिनुहोस्