काठमाडौं, १० कात्तिक । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको असरले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ ।सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ ।गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस्