ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल


एबीसी न्यूज
आश्विन ३१, २०८२ शुक्रबार  ७ : ५४ बजे

काठमाडौँ, ३१ असोज ।ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने आइसिसी टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि नजिक पुगिसेको छ । नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी ओमालाई ३८ रनले हराएपछि नेपालको उपाधिको सम्भावना बलियो बनेको हो ।
नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थास्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । नेपाल र ओमान दुई खेल अगाडि नै विश्वकप पुगेका हुन् । छनोट चरणको सुपरसिक्सबाट जापान, कतार र सामाओ भने बाहिरिसकेका छन्।
आजको खेल नेपालका लागि फाइनल बराबर हो । नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ भने सामाओ अंकबिहीन पुछारमा छ । ओमानलाई हराएसँगै विश्वकप खेल्ने सपना पूरा भएको बताएका नेपालका कप्तान रोहित पौडेलले अबको सपना उपाधि उचाल्ने रहेको बताएका छन् । तेस्रो पटक विश्वकपमा छनोट भएको नेपालले छनोटको उपाधि पहिलो पटक उचाल्न लागेको हो। उपाधिका लागि शुक्रबार दिउँसो ४ः१५ बजे नेपालले ओमानको मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सामाओलाई हराएमा अपराजित रहँदै १० अंक जोडेर उपाधि उचाल्ने छ । नेपाल पराजित भएर ओमानले जापानलाई हराए रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टिमले उपाधि उचाल्ने छ । ओमान जापानसँग पराजित भए सामाओसँगको खेलको नतिजा अगाडि नै नेपालले उपाधि उचाल्ने छ । जापान र ओमानको खेल आजै बिहान ११ः ४५ बजे सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

रवि लामिछाने संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् ? यस्तो छ कारण

अध्यादेशपछि पदमुक्त गरिएकैलाई फेरि निमित्त जिम्मेवारी, कानुनी प्रक्रियामाथि प्रश्न

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

भारत भ्रमणमा रवि लामिछाने, राजनीतिक यात्रा कि रणनीतिक संकेत

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com