माओवादी बैठकमा सबै कमिटीहरु विघटनको प्रस्ताव, चुनावपछि महाधिवेशन गर्नु पर्ने श्रेष्ठको फरक धारणा
काठमाडौँ ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा वर्तमान केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन् । बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्षसहित सबै पदाधिकारीसहितको कमिटी विघटनको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावअनुसार उनले विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेको एक नेताले बताए । सो प्रस्ताव पदाधिकारी र स्थायी कमिटी बैठकबाट पारित भएअनुसार केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले पेस गरेका हुन् । केन्द्रीय समितिबाट अनुमोदन भएमा हालका सबै कमिटी विघटन हुनेछ । यसअघि बैठकको प्रारम्भमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका थिए ।
प्रचण्ड’ले आफू पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने स्पष्ट गरेका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताए।
‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’
उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे।
प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दववा बढाउँदै लगेका थिए।
त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।
आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी छ।
बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन् ।
‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु पर्छ’ श्रेष्ठले केन्द्रीय समितिको बैठकमा भनेका छन् ।
यसअघि केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्