ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीका ४४५ भवन ध्वस्त, ११०० थान हतियार लुटपाट


एबीसी न्यूज

काठमाडौं, १ भदौ । जेन(जी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ मानवीयका साथै ठूलो भौतिक क्षति भएको छ । आन्दोलनको फ्रन्टलाइनमा खटिएको प्रहरीतर्फ २३ भदौमा खासै क्षति नभए पनि २४ भदौको प्रदर्शनमा ठूलो क्षति भएको हो ।पहिलो दिनको आन्दोलनमा केही प्रहरी सामान्य घाइते भएका थिए । पहिलो दिन प्रदर्शनकारीतर्फ अकल्पनीय क्षति भयो । सुरक्षाकर्मीको गोली लागेर नयाँ बानेश्वर र सुनसरीमा गरी २१ जनाको मृत्यु भयो ।

प्रदर्शनकारीहरू एभरेष्ट होटल अगाडिको ब्यारिकेट तोड्दै संसद् भवन प्रवेश गरेका थिए । त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउँदै सेना परिचालन गरेको थियो ।

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध फुकुवा, भ्रष्टाचार र बेथतिको अन्त्यको माग गर्दै प्रदर्शनमा उत्रिएका जेन(जीको आक्रोश रोकिएन ।प्रदर्शन दबाउन सुरक्षाकर्मीबाट गोली चलाइयो । सो क्रममा २१ जनाले ज्यान गुमाए । यसको भोलिपल्ट आन्दोलन थप उग्र बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा समेत प्रदर्शनकारी रोकिएनन् ।दिउँसैबाट भएको तोडफोड र आगजनी राति १० बजेसम्म निरन्तर चल्यो ।

राति १० बजेबाट सेनाले सम्पूर्ण सुरक्षा कमान्ड आफ्नो हातमा लिँदै फिल्डमा उत्रिएपछि बल्ल आगजनी, तोडफोड र लुटपाट मत्थर भएको थियो ।राति १० बजेसम्मको तोडफोड र आगजनीबाट प्रहरी कार्यालयहरू खरानी बनेका थिए । ज्यान बचाउनकै लागि प्रहरीहरू कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो । बर्दी फुकालेर भाग्दै केही प्रहरीले ज्यान बचाए । केहीले बर्दी फुकाल्दै हाड उठाएर प्रदर्शनकारीसँग आत्मसमर्पण गरे ।
साढे ४०० भवन ध्वस्त
प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरेका थिए । त्यस क्रममा देशभर नेपाल प्रहरीका कार्यालयमध्ये करिब साढे ४०० भवन ध्वस्त भए ।

प्रहरी प्रधान कार्यालयका सहप्रवक्ता तथा एसएसपी रमेश थापाका अनुसार देशभर प्रहरीका ४४५ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । जसमध्ये १९७ प्रहरी कार्यालय पूर्ण क्षति भए । ती कार्यालयहरूमा मर्मत सम्भार गरेर पुनस् प्रयोग गर्न सकिने अवस्था नै नरहेको बताइएको छ ।

२५८ वटा प्रहरी कार्यालय भने आशिंक क्षति भएकाले मर्मत गरेर पुनस् प्रयोग गर्न सकिने आकलन प्रहरीले गरेको छ । सबैभन्दा बढी क्षति त उपत्यका भित्रैका प्रहरी कार्यालयमा भए ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार उपत्यकामा मात्रै १५३ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो ।

एआईजी बस्ने रानीपोखरीको कार्यालयमा समेत प्रदर्शनकारीहरूले आगो लगाए । उपत्यकाका डीएसपीले कमान्ड गर्ने १८ वटा प्रहरी वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै सग्लो रह्यो ।कार्यालयमा रहेका सवारी कति जले भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ । केही सवारीहरू जलेको अवस्थामा छन् केही सवारी चोरी भएको हुनसक्ने प्रहरीको अनुमान छ । सवारी साधनतर्फ ठूलो क्षति भएको प्रहरी बताउँछ ।

११०० थान हतियार लुटपाट

प्रदर्शनकारीहरूले प्रहरी कार्यालय तोडफोड र आगजनी मात्रै गरेनन्, हतियार समेत लुटे । प्रहरीका हतियार लुटेर पोजिसन लिँदै गरेको भिडिओ, तस्वीर प्रदर्शनकारी स्वयंले सार्वजनिक गरेका थिए ।

लुटिएका हतियारहरूमध्ये करिब ३०० थान नेपाली सेनाले बरामदसमेत गरेको थियो । सहप्रवक्ता थापाका अनुसार सानाठूला गरी प्रहरीका ११०० थान हतियार लुटिएका छन् ।

पेस्तोल, बन्दुक, ग्यास गनलगायत हतियार लुटिएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीलाई यसअघि समेत हतियार अपुग भन्दै पटकपटक किन्ने प्रक्रिया अघि बढाउँदै रोकिँदै आएको थियो । यही अवस्थामा अहिले ११०० थान प्रहरीका हतियार लुटिएका छन् ।

गोलीको त हिसाब नै नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कति गोली, अश्रुग्यास लुटिए, हराए भन्ने यकिन तथ्यांक आउन अझै समय लाग्ने प्रहरीको भनाइ छ ।

आइतबार मात्रै काभ्रे प्रहरीले ७३० राउन्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ ।

१९६३ प्रहरी घाइते

जेन(जीको प्रदर्शनमा काठमाडौंदेखि देशभर १ हजार ९६३ प्रहरी घाइते भएको सहप्रवक्ता थापाले बताए ।

घाइतेमध्ये १ हजार ९३९ जना उपचारपश्चात् डिस्चार्ज भएर घर फर्किसकेका छन् । २४ जना भने अझै अस्पतालमा उपचाररत रहेको बताइएको छ । प्रदर्शनको क्रममा तीन प्रहरी मारिएका छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० मिलन राय, वृत्त महाराजगञ्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीहरूको तर्फबाट मारिए ।

यसैगरी प्रहरी र प्रदर्शनकारीसमेत गरी अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com