ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्


ABC News

काठमाडौं २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो पदभार ग्रहण क्रममा देशका नाममा सम्बोधन पनि गरेकी छन्।

  • हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई ठूलो क्षति पुगेको छ। भौतिक भवनको क्षतिले केही हुँदैन बनाउन पनि सकिन्छ। तर ती रेकर्डहरू, विवरणहरू सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुगेका छौं।
  • सुरक्षाकर्मीहरूको पनि देहावसान भयो। सम्पूर्ण प्रहरी कार्यालयका सवारी साधनहरू अर्को खरिद गर्नुपर्ने अवस्था छ।
  • आगजनीका कुरा गर्दा, मुलुकको अत्यन्त आवश्यक संस्थाहरू छानी छानी प्रहार भएको छ। प्रहरीका चौकी, थाना जले। अदालतका फाइलहरू, सिंहदरबारका फाइलहरू नष्ट भए।
  • यो देखेर लाज पनि लागेको छ। नेपाली भएर यो काम गरेको हो भने नेपाली कसरी भन्ने?
  • नियोजित रूपमा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ। अनुसन्धान हुन बाँकी छ।
  • प्रहार र नोक्सान गर्नेहरूको खोजतलास र कारबाही हुन्छ।
  • म रहरले प्रधानमन्त्री हुन आएको होइन। सबैबाट आवाज उठ्यो र म विवश भएँ। रसस्वादन गर्न आएको होइन। उमेर पनि होइन।
  • कुनै हालतमा ६ महिनाभन्दा बढी बस्दैनौं। आफ्नो जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट गरेका छौं। मलाई सहयोग गर्नुस्।
  • कामचलाउ भए पनि प्रहरी कार्यालय बनाऔं।
  • हाम्रो लागि अपराधीहरूले गरेको कृत्य हामीमाथिको चुनौती हो। मुलुकविरूद्ध गरेको चुनौती हो। सबै मिलेर एकताको भावना राखौं।
  • मुलुकमा जुन ‘मुभमेन्ट’ भयो, अन्त कहीँ भएको छैन। २७ घन्टाको आन्दोलनमा कायापलट भयो।
  • यो समयले मागेको भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानता हो।
  • क्षतिहरूको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाउनुपर्छ।
  • २३ गते मृत्युवरण गरेकाहरूको परिवार भेटेँ। फर्केर मुख्यसचिवसँग रातिसम्म छलफल गर्‍यौं। उहाँहरूलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेँ। सिस्टमले १० लाख रूपैयाँको दिने सीमा राखेको छ। त्यो १० लाख दिने निर्णय गर्‍यौं।
  • घाइतेहरूलाई पनि उपचार र राहत लागू गरेका छौं। अरू विषयमा मुख्य सचिवहरूले विचार गर्नुहुन्छ। मृतकका परिवारहरू काठमाडौंमै हुनुहुन्छ। उहाँहरू बसेको, खाएको खर्च हेरिदिने, शवलाई उनीहरूको स्थानीय ठेगानामा पुर्‍याइदिने व्यवस्था गरिनेछ। अपांगता भए पछिसम्म उपचार गर्ने व्यवस्था हुन्छ।
  • निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ भनेर साथीहरूले प्रयत्न गरिरहेका छन्। सबै पक्ष मिलेर नेपाल बनाउनुपर्छ।
  • सरकार अहिले विषम आर्थिक परिस्थितिमा छ। जनता पनि विषम परिस्थितिमा छन्। के गर्न सक्छौं, विचार गरेर निर्माणमा लाग्नेछौं।
  • २४ गते आतंकजस्तो मच्चाइयो। व्यक्तिको सम्पत्तिको, उद्योग, व्यापार नष्ट गर्ने काम भएको छ।
  • कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्। उनीहरूलाई कसरी उठाउने भन्ने हामी सोच्छौं। बैंकको सफ्ट लोनहरू दिएर हुन्छ कि, कसरी हुन्छ गर्नेछौं।
  • सटर खोलेकाहरू पनि लुटिएका छन्। उठ्ने कोशिस गर्छौं भन्नुभएको छ।
  • आन्तरिक बल देखाउनुभएकोमा धन्यवाद। राज्यको तर्फबाट कुन किसिमबाट सहयोग गर्ने हो विचार गर्नेछौं।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com