काठमाडौँ २७ भदौ । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाइरहँदा चुनौतिको पहाडमा बस्न पुगेकी छन् ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो । सोही दिन सडकमा उत्रेर जेनजीको आन्दोलनलाई समर्थन गरेको भारतीय मिडियाहरुले प्रचार गरिरहेका छन् ।
ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको छ । तर संसद विघटन गरेर नयाँ चुनाव घोषणा गर्ने वित्तिकै नयाँ चुनाव गर्न उनी सफल हुन्छिन् कि त्यही चुनाव गर्ने भन्ने बहानामा कतिलामो समयसम्म संक्रमणकालले बचेखुचेको नेपालको सार्वभौमसत्तालाई नै ढलाएर सकिन्छ भन्ने कुरामा कसैले पनि निर्धक्क जबाफ दिन सक्ने छैन ।








प्रतिक्रिया दिनुहोस्