काठमाडौं २७ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संविधानभित्रबाटै निकास दिन आग्रह गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहीत सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा आफूहरु दृढ रहेको उल्लेख गरेका छन् ।
आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई उनीहरुले अपिल गरेका छन्।









प्रतिक्रिया दिनुहोस्