ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइतबारदेखि नियमित सुनुवाइ थाल्ने सर्वोच्च फुल कोर्टको निर्णय


एबीसी न्यूज
भाद्र २६, २०८२ बिहीबार  ८ : ५१ बजे

‘अदालतमा आगजनी र तोडफोडबाट न्यायिक इतिहासका दस्तावेज नष्ट भए, कानुनी शासन र स्वतन्त्र न्याय प्रणालीमा चुनौती दियो’

काठमाडौँ २६ भदौ। सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सर्वोच्चले एक विज्ञप्तिमार्फत् जेनजीको आन्दोलनका क्रममा देशभरका अदालतमा भएको आक्रमण, तोडफोड र आगजनीका कारण नेपालको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण दस्तावेज नष्ट भएको जनाएको छ ।

आन्दोलन चर्किँदा त्यसको फाइदा उठाउँदै सर्वोच्च अदालतको भवनमा समेत आगजनी र ध्वंसात्मक गतिविधि भएको थियो ।

सर्वोच्चले एक विज्ञप्तिमार्फत यस घटनालाई देशको न्यायिक प्रणालीमाथि गम्भीर प्रहारको रूपमा लिएको जनाएको छ । अदालतले नागरिकको जीवन, सम्पत्ति र संविधानले सुनिश्चित गरेको अधिकारलाई संरक्षण गर्ने जिम्मेवारीकै बीचमा न्यायालयमाथि भएको यस्तो आक्रमणले कानुनी शासन र स्वतन्त्र न्याय प्रणालीलाई चुनौती दिएको सर्वोच्चको भनाइ छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको अखण्डता र मर्यादा कायम गर्न सबै तहका अदालतलाई सुचारु गर्ने दायित्व थप बढेको छ।’

सुरक्षात्मक व्यवस्था कडा पार्ने र न्यायालयका अभिलेख तथा दस्तावेजलाई सुरक्षित गर्ने दीर्घकालीन रणनीति बनाउने बताउँदै सहयोगका लागि कानून व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी र नागरिकलाई सहयोग गर्न आह्वान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com