ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास


एबीसी न्यूज
भाद्र २४, २०८२ मंगलबार  २ : ३५ बजे

नागरिक सरकार बनाउनु नै अहिलेको उत्तम निकासको प्रारम्भ विन्दु हुनसक्छ ।

विशेष सम्पादकीयः जनताका हक अधिकारमाथि चर्को अपमान र तिरस्कारको परिणाम जेनजी पुस्ताले आक्रोश व्यक्त गर्दा देश अशान्त भएको छ । सम्पूर्ण सुरक्षा संयन्त्र सोमवार दिउँसोदेखि नै असफल भएको छ । लाग्दैछ सुरक्षा निकायले पनि हात उठाएको हुनपर्छ । तसर्थ देशलाई थप जल्न नदिनका लागि तत्काल प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुको कुनै पनि विकल्प थिएन । यदि उनी अझै टसमस नभएको भए राष्ट्रपतिले ओलीलाई पदमुक्त गर्नु पर्ने अवस्था आइसकेको थियो ।
अब एकमात्र संवैधानिक बैधताको निकायका रुपमा रहेको राष्ट्रपतिले सर्वपक्षीय तथा सर्वदलीय छलफलको आयोजना गरी नागरिक सरकार बनाउनु नै अहिलेको उत्तम निकासको प्रारम्भ विन्दु हुनसक्छ ।
यस्तो सरकारले एकवर्षभित्र ताजा जनादेशमा जानु नै उत्तम उपाय हुनेछ । जनताले विभिन्न चरणका आन्दोलनबाट प्राप्त गरेका हक अधिकारको संरक्षणका लागि देशभरका जागरुक नागरिकले आफूलाई कुनै पनि दलका बँधुवा मजदुर नवनीकन सचेत र जिम्मेवार नागरिकका रुपमा सोच्नु आवश्यक छ ।


देश जलिरहेका बेला उत्तेजना र आक्रोश भन्दा पुराना दलहरुको विस्थापन र सुन्दर नेपाल बनाउने नयाँ पुस्ताको चाहना पूरा गर्न पनि जिम्मेवार नागरिकको सवैभन्दा ठूलो जिम्मेवारी हुनुपर्दछ । देशले जति भोग्नु, हिंसा, हत्या र आतंकको कालो छायाँ पटक पटक भोग्नु हुँदैन । राजनीतिक संकटलाई सुझबझुपूर्ण राजनीतिक तरिकाबाट नै समाधान गरिनु पर्दछ ।

पछिल्लो निर्वाचनदेखि अहिलेसम्म मन्चन भएका सरकारका नाटक र दलहरुको अर्कमण्यताले पूराना सवै दल तिनका अगुवाहरुको औचित्य समाप्त गरेकोमा अब कसैले पनि विवाद गरिरहनु आवश्यक छैन । नेपाली नागरिक र जिम्मेवार सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारी, पत्रकार र नगारिक अगुवा सवैले निकट छिमेकी बंगलादेश र श्रीलंकाबाट गम्भर पाठ सिक्नु पर्दछ ।
बंगलादेशको प्रयोग असफलताको बाटोमा अग्रसर छ भने श्रीलंकाको बाटो अर्थात् राजनीतिक समाधानले देश सम्हालिएको छ । नेपालको बाटो पनि श्रीलंकाबाट नेपालले धेरै गम्भीर शिक्षा लिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com