काठमाडौं २४ भदौ । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।
।
प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।
यसैबीच निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।
अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् ।
अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्