ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतन्त्रकै हत्या भएको भन्दै विद्यार्थी संघले माग्यो प्रधानमन्त्रीको राजीनामा


abc news

काठमाडौ २४ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार राज्यले जेनजी आन्दोलनमा गरेको बर्बर हिंसालाई लोकतन्त्रकै हत्याको संज्ञा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।

विद्यार्थी संघले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो।

‘आन्दोलनरत निहत्था विद्यार्थीमाथिको बर्बर दमन, लोकतन्त्रको हत्या हो’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म बालबालिका र विद्यार्थीसमेत गरेर १९ जनाको ज्यान गएको र पत्रकारसहित कैयौँ घाइते भएको दुस्खद् खबरले स्तब्ध भएका छौँ। शान्ति(सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थीमाथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ। तसर्थ यस घटनाको पूर्ण जिम्मेवारी लिँदै मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन जोडदार माग गर्दछौँ। त्यसैगरी शान्तिपूर्ण तवरले सम्पन्न हुने भनिएको आजको प्रदर्शनमा घुसपैठ गर्ने, आन्दोलनलाई हिंसात्मक बनाउने, जोसुकैलाई कानुनको दायरामा ल्याउनसमेत जोडदार माग गर्दछौँ।’

यसैबीच दुस्खद् घटनाको संवेदनशीलतालाई ध्यानमा राखी संयुक्त विद्यार्थी संगठनले आज भदौ २४ गते विद्यार्थीमैत्री शिक्षा ऐन जारी गर्न माइतिघर मण्डलामा गर्ने भनिएको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रम हाल स्थगन गरिएको जानकारी पनि नेपाल विद्यार्थी संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com