काठमाडौं २३ भदौ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने चौतर्फी दबाबका बीच छानविन समिति बनाउने भन्ने झारा टार्ने निर्णय गरेर स्थितिको गम्भीरताप्रति असम्वेदनशीलता देखाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
ती मन्त्रीका अनुसार, समितिले १५ दिनभित्र घटनाको छानबिन गरे सरकारलाई प्रतिवेदन बुझाउने टिओआर तय भएको छ ।
यसैबीच गृहमन्त्री रमेश लेखकले भने कांग्रेस नेताहरुको दबाबका कारण राजीनामा गर्न वाध्य भएका छन् ।
सोमबारको प्रदर्शन १९ जनाको ज्यान जानुका साथै ४ सय बढी घाइते भएका छन् । प्रदर्शनकारीहरुले संसद भवन परिसरमा आगजनी समेत गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्