ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले १९ नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदियो


abc news
भाद्र २०, २०८२ शुक्रबार  १० : ३१ बजे

काठमाडौं, २० भदौ । अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ ।

अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका छन् । पछिल्लो समय ३७ जना नेपालीलाई डिपोर्टको तयारी गरिएको थियो । तर १९ जनालाई मात्रै ल्याइएको जनाइएको छ ।

जसमा १७ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमा ल्याएर छाडिदिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यगमन अधिकृत अन्जन न्यौपानेका अनुसार उनीहरूलाई अध्यागमनले बुझेपछि प्रहरीलाई बुझाइएको छ।

वरिष्ठ अध्यागमन अधिकृत न्यौपानेका अनुसार डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति भएपछि अमेरिकाले २३४ जना नेपालीलाई डिपोट गरिसकेको छ।

नेपाल फर्किएका एकजना विद्यार्थी पनि रहेका छन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई फिर्ता गरिएको पाइएको स्रोतले जानकारी दिएको छ । अर्का एकजना लायन्सको कार्यक्रममा सहभागी हुन पुगेर अवैधानिकरुपमा बसेर पनि त्यहाँको कानुन विपरीत काम गरेको पाइएको आरोप लागेको छ ।

विमानस्थलमा ल्याएका १९ जनालाई प्रहरीको मानव बेचविखन ब्यूरोमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com