ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुख हटाउन कस्तो छ संसदको अंक गणित ?


abc news
भाद्र ३, २०८२ मंगलबार   १२ : १४   बजे

काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता हुन लागेको आचारणविरुद्धको प्रस्तावका बारेमा आफूसँग छलफल नभएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

मंगलबार कांग्रेस एमालेका सांसदहरुले मगरविरुद्ध पदीय आचारण अनुसारको व्यवाहार नगरेको भन्दै संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गर्दैछन्।

प्रतिनिधिसभाका एक चौथाई ६९ जना सदस्यले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गर्न सक्नेछन्। त्यसका लागि दुई दलले आफ्ना सांसदलाई बोलाएर हस्ताक्षर गराइरहेका छन्।

प्रस्ताव पारित हुन संसदको दुई तिहाइ अथात् रुपन्देही ३ बाट निर्वाचित सांसद दीपक बोहोराको निधन भएकाले २७४ मध्ये १८३ जना सांसदको समर्थन अनिवार्य हुन्छ।

त्यसका लागि कांग्रेस एमालेको मात्रै मतले पुग्दैन। साना दलहरुको समर्थन अनिवार्य आवश्यक छ। तर एकीकृत समाजवादीले भने उपसभामुखविरुद्ध आरणको प्रस्ताव लैजान कांग्रेस एमालेले आफूहरुसँग कुराकानी नगरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए।

सांसदसमेत रहेका उनले भने,‘यो विषयमा हामीसँग कुनै कुरा भएको छैन। जानकारीसमेत छैन।’ एकीकृत समजावादीको प्रतिनिधिसभामा १० जना सांसद छन्। अध्यक्ष माधव नेपालको पद भने निलम्बनमा परेको छ।

संसदको कांग्रेसको ८८ र एमालेको ७९ जना सांसद छन्। दुई दल गरेर १६७ पुगे पनि पारित हुन आवश्यक थप १६ जना सांसद भने साना दलले समर्थन गर्नपर्छ।

सरकारमा रहेको अशोक राई नेतृत्वको जनता समाजवादी पाटीको ७ जना, लोसपाको चार, सरकारमै सहभागी दल छन्। ती दलले समर्थन गरे पनि थप पाँच जना सांसद प्रस्ताव पारित गर्न आवश्यक हुन्छ।
त्यसका लागि ९ सिट भएको एकीकृत समाजवादी, ६ सिटको जनमत, सिट भएको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नुपर्ने हुन सक्छ।

संसदमा माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १३, जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको १, आजपाको १ र स्वतन्त्र २ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group