ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोनबास क्षेत्र रुसलाई नदिने युक्रेनी राष्ट्रपति जलेन्स्कीको भनाइ


abc news
श्रावण २८, २०८२ बुधबार   १ : ५१   बजे

काठमाडौ २८ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जलेन्स्कीले डोनबास क्षेत्र रुसलाई दिन नसकिने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रवार अलास्कामा हुन लागेको भेटअघि युक्रेनी राष्ट्रपतिको प्रतिक्रिया आएको हो ।

ट्रम्पले अघिल्लो हप्ता जमिन साटासाट गर्न सकिने बताउनुभएको थियो । युक्रेनले डोनबासको बाँकी भाग दिनु पर्ने सर्त रुसले अघि सार्न सक्ने सम्भावना छ ।

डोनबासका लुहान्स्क र डोनेट्स्क क्षेत्रमा सन् २०१४ देखि सङ्घर्ष चलिरहेको छ र अहिले लुहान्स्कको धेरैजसो तथा डोनेट्स्कको झन्डै ७० प्रतिशत भाग रूसको कब्जामा छ ।

युक्रेनको संविधानअनुसार जनमत सङ्ग्रहविनाको सीमा परिवर्तन मान्य नहुने जलेन्स्कीको भनाइ छ । डोनबास क्षेत्रमार्फत रूसलाई फेरि ठूलो आक्रमणको तयारी गर्न सजिलो हुने उहाँले बताउनुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रूसले जापोरिझ्झिया, पोख्रोभ्स्क र नोभोपालीभ क्षेत्रमा नयाँ आक्रमणको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ । ट्रम्प–पुटिन भेटमा युक्रेनलाई सहभागी नगराइएकोमा जलेन्स्की असन्तुष्ट हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

रास्वपा वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तर, अर्यालसँग लामिछाने पराजित

सम्बन्धित

बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु

कांग्रेसमा सहमतिको नयाँ प्रयास : संस्थापन पक्षले सार्वजनिक गर्‍यो ७ बुँदे प्रस्ताव

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group