काठमाडौं, २६ साउन । देशका केही ठाउँमा राति ठूलो पानी परेको छ । सर्लाही, बारालसहित कास्की र सिन्धुपाल्चोकलगायत जिल्लामा राति ठूलो पानी परेको हो ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशका केही ठाउँमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशका पहाडी भू(भागका धेरै स्थान र मधेशलगायत स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकीको पहाडी भू(भागसँगै लुम्बिनी र सुदूरपश्चिमको तराईको एक(दुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना छ।
राति मधेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशीको पहाडी भू(भाग तथा मधेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिमको तराईको भू-भागको एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना छ ।
भारी वर्षा हुने स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।







प्रतिक्रिया दिनुहोस्