ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यान मार्ने उद्योगमा चक्रे मिलनसँग भक्तपुर प्रहरीले लियो बयान, इन्कार गरे पनि मुद्दा दर्ताको तयारी


abc news

काठमाडौ २३ साउन । एक वर्षअघि भक्तपुरमा सर्लाहीका युवकमाथि खुकुरी प्रहार गरेको घटनामा गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङविरुद्ध मुद्दा चलाउने तयारी भएको छ। प्रहरी वृत्त ठिमीले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा उनीसँग बयान लिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज न्यौपाने भने, ‘आज भक्तपुर ल्याएर सरकारी वकिल कार्यालयमा बयान प्रमाणित गराएर काठमाडौँ नै बुझाइदिइसकेका छौँ। अब अनुसन्धान सकिएन भने यता ल्याउँछौँ। नभए काठमाडौँको सँगसँगै मुद्दा बुझाउँछौँ। काठमाडौँमा सकिएपछि थुनछेकका लागि यहाँ ल्याउँछौँ।’

जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार थप ५ दिन म्याद थप गरेको एसपी कुलदीप चन्दले बताए। भक्तपुरको घटनामा बयानका क्रममा चक्रे मिलनले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। ‘उक्त घटनामा मेरो संलग्नता छैन। म त्यो बेला त्यहाँ पनि छैन खै कसरी नाम आयो मलाई थाहा भएन’, उनले बयानमा भनेका छन्।

२०८१ भदौ १० गते साँझ साढे ६ बजेतिर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा सर्लाहीका मनीष रायमाझीमाथि कुटपिट भएको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए।

आफ्नो ज्यान मार्ने उदेश्यले खुकुरीले दुवै कोखामा प्रहारी गरी घाइते बनाएको भन्दै रायमाझीले त्यतिबेलै जाहेरी दिएका थिए। अजित खवास समेतका २०(२२ जनाको समूहले आफूमाथि आक्रमण गरेको र त्यसको योजनाकार चक्रे मिलन रहेको पीडितको दाबी थियो। आक्रमणपछि घाइतेको भिडिओ समेत बनाएर उनीहरू फरार भएका थिए।

त्यतिबेला प्रहरीले अजित खवासलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। तर चक्रे मिलनको भने पूरा ठेगाना नखुलेकाले उनलाई खुलेका बखत प्रतिवादी बनाउने गरी मुद्दा अगाडि बढाइएको थियो।

केही दिन पहिले उनलाई काठमाडौँमा आतंक मच्चाएको आरोपमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ प्रहरी परिसरको टोलीले ठमेलमा जन्मदिन मनाउँदै गर्दा होटलबाट पक्राउ गरेको थियो।

साउन १५ गते राति चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर तीमध्ये २८ जनालाई संलग्नता नरहेको भन्दै रिहा गरिएको थियो। १९ जनालाई भने अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। यो मुद्दा अन्तिम चरणमा पुगेकाले यहीबिचमा एक वर्ष पहिलेको घटनामा पनि मुद्दा लैजाने प्रहरीले तयारी गरेको हो।

पीडित रायमाझीले चक्रे मिलनविरुद्ध ९शारीरिक अवस्थामाथि होच्याउँदै० सामाजिक सञ्जालमा स्टाटस लेखेको र सोही विषयमा आक्रमण भएको बयान दिएका थिए। यस्तो स्टाटसपछि चक्रे मिलनले उनलाई धम्क्याएका थिए।

घटनाको १०(१५ दिन पहिले बाँकेको नेपालगञ्जमा केही व्यक्तिहरूलाई चक्रे मिलनको समूहले कुटपिट गरेको थियो। त्यस विषयमा रायमाझीले चक्रे मिलनलाई इंगित गर्दै स्टाटस लेखेका थिए। तर चक्रे मिलनको समूहले धम्क्याएपछि भोलिपल्ट उनले त्यो स्टाटस पनि डिलिट गरेका थिए।

घटनाको दिन उनलाई आक्रमण गर्दा चक्रे मिलन दाइको बारेमा के लेखेको भन्दै कुटपिट गरेको पीडितको बयान छ। अजित खवासमाथि भने रायमाझीको बारेमा चक्रे मिलनको समूहलाई जानकारी दिएको र आक्रमण भएको आरोप छ।

यसअघि नै प्रतिवादी बनाइएका खवासले भने पीडितलाई अस्पताल पनि लगेका थिए। कुटपिटमा संलग्नहरू भने त्यतिबेलै फरार भएका थिए।
मनीषले भने प्रहरीले कागज गराउँदा आफ्नो स्वास्थ्य अवस्था पनि खतरामुक्त रहेको र भएको क्षति पनि प्रतिवादीका आफन्तले दिइसकेकाले कुनै दाबी नगर्ने बयान दिएका थिए।

प्रहरीले अहिले पनि घटनाको सनाखत गराउन जाहेरवाला र पीडितको खोजी गरिरहेको छ। तर उनीहरू अहिले प्रहरीको सम्पर्कमा आउन चाहेका छैनन्। ज्यान मार्ने उद्योगमा चक्रे मिलनविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com