ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरकाशीको बाढीपहिरोमा कम्तीमा १८ जना नेपाली बेपत्ता भएको आशंका


abc news
श्रावण २३, २०८२ शुक्रबार   ११ : १५   बजे

काठमाडौं २३ साउन । यही साउन २० गते भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भिषण बाढीमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरि १८ जनाभन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ।

सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले यस्तो जानकारी दिएका हुन्। जाजरकोटको कुशे गाउँपालिका–२ का १३ जना भन्दा बढी नेपाली नागरिक बाढीमा हराएका गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन्।

भारतको उत्तरकाशीको बाढीमा जाजरकोटका १३ नेपाली हराएको आशंका, खोजीका लागि गाउँपालिकाको आग्रह

त्यसैगरि बाढीपछि बर्दियाका पनि ५ जना सम्पर्कविहीन भएका छन् भने जुम्लाका पनि एजना बाढीपछि परिवारको सम्पर्कमा छैनन्। उनीहरू बाढीमा बेपत्ता भएको आशंका गरिएको छ। उनीहरू सबै बाढी(पहिरो गएको क्षेत्रमा सडक निर्माण, स्याउ टिप्नेसहितका काममा सक्रिय थिए।

मंगलबार ‘क्लाउड बर्स्ट’ ९आरिघोप्टे वर्षा० हुँदा भारतको उत्तरकाशी जिल्लाको धराली बजारमा भिषण बाढी आएको थियो। बुधबार पौडी गढवालमा पहिरो गएको थियो। उक्त बाढी र पहिरोमा धेरै नेपाली मजदुर परेको आशंका गरिएको हो।

सम्बन्धित स्थानीय तहका नजप्रतिनिधिहरूले बेपत्ता नेपालीको खोजीमा सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन्।

बाढीपछि कुशे गाउँपालिकाका–२ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निम सिंह, रविन सिंह बेपत्ता वडाध्यक्ष मानबहादुर सिंहले जानकारी दिएका छन्।

सिंहका अनुसार जुम्लाको तिला गाउँपालिकाका जनकबहादुर शाही र रुकुम घर भएका नाम नखुलेका अर्का एक जना पनि बाढीपछि सम्पर्कविहीन छन्।

त्यसैगरि उत्तराखण्डको पौडी गढवालस्थित ग्राम बाकुडामा बुधबार पहिरोमा परी ५ जना नेपाली बेपत्ता भएका छन्। सडक निर्माणको काममा खटिएका नेपाली कामदार खोला किनारमा टेन्ट हालेर बस्दै आएका थिए। त्यहीबेला पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन्।

पहिरोमा परी मधुवन–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी ३० वर्षीया श्रीमती सरस्वती र २ वर्षीय छोरा रोमन बेपत्ता भएका छन्। त्यसैगरि सोही ठाउँका ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता र मधुवनकै २१ वर्षीय सुवास विक पनि पहिरोमा बेपत्ता छन् ।

उक्त पहिरोमा परेर घाइते मधुवन–८ की लक्ष्मी परियार र मधुवन–७ का भूपेन्द्र खत्रीको हल्द्वानीस्थित सुशीला तिवारी अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता हुने सबैको नाम खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

सम्बन्धित

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group