ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमाथि अतिरिक्त करमा मात्र सीमित नहुने अमेरिकाको सङ्केत


abc news
श्रावण २२, २०८२ बिहीबार   ३ : ४१   बजे

काठमाडौं २२ साउन । भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै धेरै देख्न बाँकी रहेको बताउनुभएको छ । पहिले नै लागू भएको २५ र नयाँ २५ सहित भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछि पनि ट्रम्पले यतिमा नरोकिने सङ्केत गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँग पत्रकारले चीनसहित कयौं देश रुसबाट तेल खरिद गर्छन् तर भारतलाई नै किन निशाना बनायो रु भन्ने प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले भन्नुभयो ‘अहिले त मात्र ८ घण्टा भएको छ । हेरौं अगाडि के हुँदै जान्छ । अझै धेरै देख्न बाँकी छ । कयौं अतिरिक्त प्रतिबन्धहरु देख्न पाउनुहुनेछ ।’

अमेरिकाले लगाएको थप कर कार्यान्वयनमा आएपछि अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले व्यक्तिगत रूपमा जुनसुकै मुल्य चुकाउनु परे पनि भारतीय किसान र मछुवारहरुको विरुद्धमा सम्झौता नगर्ने बताउनुभएको छ । दिल्लीमा आयोजित एक कार्यक्रममा उहाँले अमेरिकासँगको कुरा नजोडिकन किसानहरुको हित विपरित सम्झौता नगर्ने बताउनुभएको हो ।

अमेरिकाले भारतीय बजारमा कृषि क्षेत्रको व्यापार खुल्ला गर्न दबाब दिइरहेको छ । अमेरिकाले भारतमा ठूलो बजार देखेकोमा भारतले भने किसानको जिविका, खाद्य सुरक्षा र विउ संरक्षण जस्ता कुरालाई जोड दिएर कृषि क्षेत्रको बजार खुल्ला गर्न अस्वीकार गर्दै आएको छ । अमेरिकी राष्ट्रपती ट्रम्पले रुससँग तेल किनेको बिषय जोडे पनि मुख्य बिषय भारतको कृषि बजारमा पहुँच पुर्‍याउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group