काठमाडौं २२ साउन । काठमाण्डौको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो शुरू भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन ९नाइमा० को आयोजनामा हिजोदेखि शुरू भएको एक्स्पो आउँदो २५ गतेसम्म चल्नेछ ।
एक्स्पोमा २३ वटा चारपाङग्रे, १८ वटा दुईपाङ्ग्रे र ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन् । एक्स्पोको पहिलो दिन हिजो ३ दर्जन हाराहारी नयाँ मोडेलका गाडी सार्वजनिक गरिएका छन् ।
सार्वजनिक गरिएका नयाँ तथा पुराना स्टक गाडीमा विशेष छुट र अफर घोषणा गरिएको छ । हिजो पहिलो दिन १५ हजार जनाले अवलोकन गरेका छन् ।
प्रदर्शनीमा चिनियाँ र भारतीय गाडीहरू राखिएका छन् । एक्स्पोको स्टलमा राखिएका गाडी २९ लाखदेखि सवा करोड रुपैयाँसम्म मूल्यका छन् । एक्स्पोमा ५० ब्रान्डका गाडी राखिएका छन् । साथै ३५ वटा नयाँ भेरिएन्टका गाडी सार्वजनिक गरिएको आयोजक नाइमाले जनाएको छ ।
एक्स्पोमा १७ ब्रान्डका मोटरसाइकल तथा स्कुटर राखिएको छ । एक्स्पोमा घोषणा गरिएको छुट र अफर चाडबाड अवधिभर रहने कम्पनीहरूले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्