ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्षाले तराईं–मधेशमा खुशीयालीः तीन प्रदेशमा आज धेरै ठूलो पानी पर्ने सम्भावना


abc news
श्रावण २०, २०८२ मंगलबार   ७ : ०८   बजे

काठमाडौँ, २० साउन । ​लामो खडेरीपछि तराईं-मधेशमा पानी पर्न थालेको छ । लामो समयपछि पानी परेपछि खडेरीको मारमा परेका किसान हर्षित भएका छन् । मधेशमा विगत तीन दिनयता निरन्तर वर्षा भइरहेको छ । आइतबार र सोमबार मधेशका केही भेगमा ठूलो वर्षासमेत रेकर्ड गरिएको छ ।

सुक्खा क्षेत्रमा वर्षा भएपछि किसानलाई ठूलो राहत मिलेको छ । वर्षाले सुकेका धानहरू जाग्न थालेका छन् भने रोप्न बाँकी रहेका ठाउँमा रोपाइँ हुन थालेको छ ।

मनसुन शुरू भएको दुई महिना बित्दा पनि पर्याप्त पानी नपरेपछि सरकारले मधेश प्रदेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

गएराति पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी परेको छ । राति दाङ, बाँके र बर्दिया आसपासका क्षेत्रमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती ठाउँमा अहिले पनि पानी परिरहेको छ । यसबाहेक कोशी र कर्णाली प्रदेशका थोरै स्थान र बाँकी भूभागका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेशसहित देशका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईंमा अवस्थित छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group