काठमाडौ १९ साउन । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संसदीय समितिले गिरिबन्धु टी इस्टेट र घर वा आवास इकाइ अपार्टमेन्ट का प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेका लागि राखिएको छ ।
भूमिसम्बन्धी विधेयकमा कतिपय प्रावधान गिरिबन्धु टी स्टेटका लागि केन्द्रित गरेर ल्याइएको र अपार्टमेन्टका नाममा हदबन्दी भन्दा बढीको जग्गा बिक्री दिन खोजिएको भनेर विपक्षीहरूले प्रश्न समेत गरिरहेका छन । यही बेला संसदीय समितिले गिरिबन्धु टी स्टेट र अपार्टमेन्टका प्रतिनिधिहरुसँगै राय लिन लागेको हो ।
आइतबार समितिले वन तथा वातावरण मन्त्रालयसँग छलफल गरेको थियो । प्रस्तावित विधेयकका कतिपय प्रावधानमा वन तथा वातावरण मन्त्रालयले नै प्रस्तावित विधेयकमा फरक मत राखेको छ ।
भूमि विधेयकमा वन मन्त्रालयकै असहमति, संसदीय समितिमा भूमिमन्त्रीको प्रतिवाद
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा प्रतिवेदन पेस गर्ने समितिको तयारी रहेको छ ।







प्रतिक्रिया दिनुहोस्