ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बत्ती आउने–जाने समस्या बढ्यो, के गर्दैछ प्राधिकरण ?


abc news
श्रावण १८, २०८२ आईतबार  ८ : ४७ बजे

काठमाडौं, १८ साउन । विद्युत प्राधिकरणले विद्युत सुचारुका कुनै समस्या छैन भनेपनि विद्युत आपूर्तिको नियमिततामा भने उसले आश्वस्त तुल्याउन सकेको छैन ।
केही दिनयता बेला–कुबेला झ्याप्झ्याप बिजुली जाने समस्याले राजधानीकै उपभोक्ता दिक्क बनिरहेका छन् । मौसम बदलिएर सगै विद्युत प्राधिकरणको नियत पनि परिर्वतन भएको देखिन्छ । उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बिजुली आउने र जाने भइरहेको छ । काठमाडौंका लाजिम्पाट एरियामा गएराती १ बजे देखि अवरुद्ध भएको विद्युत यो समाचार तयार गर्दा सम्म सुचारु हुन सकेको छैन । लाजिम्पाटका स्थानियबासी रवी तिमेल्सेना भन्छन्, ‘बिजुली यसरी नै आउनेजाने भइरहने हो भने इन्भर्टरको जोहो गर्नैपर्ने भयो ।
विद्युत प्राधिकरणले यस्तो समस्या पूर्णरुपमा प्राविधिक कारणले भएको बताउने गरेको छ । तर, २४ घन्टा उज्यालोमा बस्ने बानी परेका सर्वसधारणलाई ५ मिनेटमात्र पनि बत्ति जाँदा सकस हुन्छ । अघोषित विद्युत कटौतीले घरेलु ग्राहकभन्दा बढी व्यावसायिक र औद्योगिक ग्राहकलाई झन् मर्का पर्ने गरेको छ । वर्षाको केही महिना पनि यस्तै समस्या देखिएको थियो । धेरै पानी परेको र हावाहुरी चलेका बेला लाइन ट्रिपिङ हुनु स्वभाविक भए पनि सिमसिमे पानी परेलगत्तै लाइन जानुलाई सर्वसधारणले अस्वभाविक मानेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत–नेपाल अन्तरदेशीय प्रसारण लाइनमा आएको ‘फल्ट’ र खराब मौसमका कारण समस्या उत्पन्न भएको हो। “हावाहुरीले तार चुडिएका छन् र कमजोर पूर्वाधारले थप समस्या ल्याएको छ,” प्राधिकरणका एक अधिकारीले भने, “विगतमा यस्तो समस्या १५–३० मिनेटमा समाधान हुने गरेको थियो, तर यसपटक व्यवस्थापनमा कमजोरीका अलि लामो समय जाने गरेको छ ” प्राधिकरणमा नेतृत्व परिवर्तनपछि व्यवस्थापन चुनौतीमा परेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट नाबालिकाको मृत्यु

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

सम्बन्धित

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

रास्वपाका उम्मेदवार चढेको गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, गाडी चालक फरार

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

झापास्थित रास्वपा कार्यालय भएको घरमा तोडफोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com