काठमाडौ १२ साउन । बेलायतको लड्समा भएको इङ्ग्यान्ड र भारतबीचको चौथो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । बराबरीसँगै पाँच खेलको टेस्ट शृङ्खला इङ्ग्ल्याण्डले २–१ को अग्रता कायमै राखेको छ ।
म्यानचेस्टरमा भएको चौथो टेस्टमा भारतले पाँचौ दिनको समाप्तीसम्म पनि दोस्रो पारीको ब्याटिङ जारी राखेपछि खेल बराबरीमा सकिएको हो । अस्ट्रेलियाले दोस्रो इनिङ ब्याटिङको मौका पाएन । दोस्रो इनिङमा भारतले चार विकेट गुमाएर चार सय २५ रन बनाएको थियो ।
पहिलो ओभरमा नै दुई विकेट गुमाएपछि सङ्कटमा परेको भारतलाई कप्तान शुभमन गिल र केएल राहुलले इनिङ सम्हालेका थिए । भारतका लागि दोस्रो पारीमा कप्तान गिल, वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतकीय पारी खेले । गिलले एक सय तीन, सुन्दरले नटआउट एक सय एक र जडेजाले पनि अटआउट एक सय सात रन बनाए ।
भारतले पहिलो पारीमा तीन सय ५८ रन बनाएको थियो । जवाफमा इङ्ग्ल्याण्डले पहिलो पारीमा छ सय ६९ रन बनाएको थियो । त्यस खेलमा एक सय ५० रन बनाएका पूर्व कप्तान जो रुट टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा धेरै रन बनाउँने दोस्रो ब्याटर बने । शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि द ओभलमा शुरु हुनेछ ।








प्रतिक्रिया दिनुहोस्